सरकारले कुलमानलाई कारिन्दा ठान्यो, अन्याय हुन दिंदैनौं : राजेन्द्र लिङदेन 


२०:५२ बजे
फाइल फोटो

काठमाडौं । संसदमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच सवाल–जवाफ चलेको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले कर्मचारीलाई कारिन्दा र नोकर ठाने कुलमानको पक्षमा उभिने जवाफ दिए ।

‘मन्त्रीजीले जसरी सबै प्रतिपक्षमाथि खनिनु भयो । सत्तापक्ष माननीयले पनि एउटा कर्मचारीलाई बोकेर नहिँड्नुस् भन्नु भयो’, उनले भने, ‘कर्मचारीलाई सरकारले आफ्नो कारिन्दा मात्रै ठान्छ, नोकर ठानेर व्यवहार गर्छ भने त्यस्ता कर्मचारीको पक्षमा उभिन्छौं । अन्याय हुन दिन्नौंं ।’

उनले झुटा कुरा मन्त्रीले गर्न नहुने बताए । लिङदेनले परिस्थिति नबिगार्नू भन्दै पछि हट्न मन्त्रीलाई आग्रह गरे। आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कुलमानबारे उठेको प्रश्नको जवाफ दिएका थिए । उनले कर्मचारीलाई बोकेर नहिँड्न सुझाव दिएका थिए । 

‘एउटा कर्मचारीलाई काँधमा बोकेर हिँड्दा...। गाउँघरतिर भन्छन् अलिक राम्रो छैन । बच्चालाई काँधमा बोकेको पिसाब फेरिदिएछ भन्छन् । त्यस्तो नहोस्’, उनले भनेका थिए । त्यस्तै, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले कुलमानलाई प्रतिपक्ष दलका साझा अध्यक्ष बनाउनू भन्दै कटाक्ष गरेका थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७