गुरागाईलाई हाजिर नगराउने बालेनको अडान, निमित्तलाई आर्थिक अधिकार दिन माग

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई हाजिर नगराउने अडान लिएको छ । प्रमुख प्रशासकीय अधिकृतमा गुरागाईलाई नै निरन्तर गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्र पठाएपछि काठमाडौं महानगरले उक्त अडान लिएको हो ।
गुरागाईले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलमा काम गर्ने वातावरण बनाइदिन अनुरोध गर्दै पत्र लेखेका थिए । पत्र आउने बित्तिकै हिजै मन्त्रीस्तरीय निर्णयबाट गुरागाईलाई निरन्तरता दिन काठमाडौं महानगरमा पत्राचार भएको थियो ।
त्यसको जवाफमा महानगरले गुरागाईलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिन नसकिने बरू निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक अधिकार दिन आग्रह गरेको हो । महानगरले प्रमुख प्रशासकीय अधिकृतमा पुन गुरागाईलाई नै हाजिर गराए काठमाडौं टावर लगायत अन्य काममा पनि नकारात्मक प्रभाव पर्ने दाबी गरेको छ । काठमाडौं टावरको नक्सा पास गर्ने निर्णय एकलौटी गरेको भन्दै मेयर बालेन शाहको निर्देशनमा गत पुस ८ गतेदेखि एक साताका लागि बिदामा बसेका थिए ।