बीमा प्राधिकरणको अध्यक्षमा पत्रकार ओझा नियुक्त


२०८१ फाल्गुण १२ सोमबार ०१:०७ बजे

काठमाडौं । बीमा कम्पनीहरूको नियामक निकाय बीमा प्राधिकरण अध्यक्षमा पत्रकार शरद ओझा नियुक्त भएका छन् । आज (सोमबार) को मन्त्रिपरिषद् बैठकले ओझालाई अध्यक्ष नियुक्त गरेको हो ।

स्नातकोत्तर अध्ययन गरेका ओझा पछिल्लो समय अध्यापन पेसामा संलग्न थिए । अध्यक्षका लागि गठित सिफारिस समितिले ओझासहित पूर्वसचिव रामशरण पुडासैनी र स्वास्थ्य बीमा बोर्डका पूर्वअध्यक्ष दामोदर बसौलाको नाम पठाएको थियो ।

यसअघिका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध २४ मंसिरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनी स्वतः निलम्बनमा परेका थिए । उनी निलम्बन भएपछि प्राधिकरण अध्यक्ष पद खाली थियो । अख्तियारको दाबी अनुसार सिलवालले नागरिकतामा भएको जन्ममिति विवरण सच्याएर आफ्नो पदावधि लम्ब्याएका थिए । उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लिएको नागरिकताको प्रतिलिपिमा जन्ममिति २२ कात्तिक २०१६ रहेको तर त्रिभुवन विश्वविद्यालयको ट्रान्सक्रिप्टमा उनको जन्ममिति १५ साउन २०१५ रहेको अख्तियारको दाबी छ ।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७