सर्वोच्चले माग्यो बीमा प्राधिकरण अध्यक्ष ओझाको नियुक्ति आधार


२०८२ जेठ ५ सोमबार २०:२१ बजे

काठमाडौं । बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्ति बदरको माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले कागजात झिकाउन आदेश दिएको  । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र नित्यानन्द पाण्डेयको इजलासले ओझालाई नियुक्त गर्न लिइएका आधारसम्बन्धी कागजात झिकाउन आदेश दिएको रिट निवेदक अधिवक्ता इन्दिरा धमलाले जानकारी दिइन् ।

ओझालाई सरकारले गत फागुन १३ गते बिमा प्राधिकरणको अध्यक्ष पदमा नियुक्त गरेको थियो । उनको योग्यतामा प्रश्न उठाउँदै अधिवक्ता इन्दिरा धमलाले चैत १७ गते रिट दायर गरेकी थिइन् । सञ्चार, वकालत र कर्पोरेट क्षेत्रमा काम गरेका ओझाले व्यवस्थापनमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन् । व्यावसायिक कानुन, वित्त नीति, मौद्रिक नीति, राजश्व प्रशासन र अर्थतन्त्र विश्लेषणमा दखल राख्ने ओझा प्राधिकरण अध्यक्षमा नियुक्त हुने हालसम्मकै कान्छा अध्यक्ष हुन् ।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७