ट्रम्पको अभिव्यक्तिप्रति गोकुल बास्कोटाको टिप्पणी : हेप्नुको पनि सीमा हुन्छ


२०८१ फाल्गुण ११ आइतबार २०:३७ बजे

काठमाडौं । सत्तारुढ नेकपा एमालेका सांसद गोकुल बास्कोटाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । आज (आइतबार) प्रतिनिधिसभा बैठकमा उनले यूएसएडमार्फत भएको खर्चलाई ‘फ्रड’ भनिँदा नेपालको छविमाथि गहिरो चोट लागेको बताए ।

‘हेप्नुको पनि सीमा हुन्छ सभामुख महोदय । अमेरिकाले नेपाललाई लामो समयदेखि सहयोग गर्दै आयो –आफ्ना एजेन्सी, दूतावस, एजेन्सीमार्फत । हामीले त्यसलाई स्वीकार गर्‍यौं’, उनले भने, ‘तर, आज हामी फ्रड बनेका छौँ, बनाइएका छौँ। उल्टो प्रहार हामीमाथि सुरु भएको छ, जसले नेपालको राष्ट्रिय स्वाधीनता र अन्तर्राष्ट्रिय छविमाथि आँच लागेको छ । गहिरो चोट लागेको छ ।’

राष्ट्रिय भावनामा चोट पुर्‍याएको उनको भनाइ छ । ‘सहयोग दिनुभयो, हामीले लियौँ । त्यसको मनिटरिङ कसले गर्न पाउनु पथ्र्यो, किन भएन ? जसले सहयोग दियो, उहाँहरूको पनि जनताको करको पैसा आएको होला । त्यो फ्रड हामीले गरेको हो कि फ्रड स्वीकृत गर्ने काम उहाँहरूले गरेको ?’, बास्कोटाको प्रश्न छ ।

अब सहयोगको सीमा स्पष्ट पारिनुपर्नेमा उनले जोड दिए । ‘हामी कुन सहयोग लिन्छौँ, कुन लिँदैनौँ दृढतापूर्वक भन्नु पर्दछ । ती सहयोगले परिणाममा के फरक पार्छ भन्ने कुरा आउनुपर्‍यो । जे पायो त्यही स्वीकार गर्ने कुरा हुँदैन’, उनले भने । 

‘सहकारी ठगीको पक्षधरता लिएर नयाँ शक्ति हुन्न’
सांसद बाँस्कोटाले संसदीय छानबिन समितिको छानबिन प्रतिवेदन कार्यान्वयन गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिशोध भनेर डंका पिटिरहेको बताएका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा बोल्दै गोकुलले यस्तो बताएका हुन् ।

‘सुशासन भन्नु हुन्छ । सबै बिगारेको कांग्रेस–एमालेले आम्माम्मामा हामी त नयाँ सपारिहाल्छौं । गर्नुस् शुभकामना छ,’ गोकुलले भने, ‘त्यसो भए एउटा सामान्य जनताको प्रश्न छ, मेरो पनि छ । सहकारीमा बेइमानी भएको कुरा, ठगी भएको कुरा के अरूले छानबिन गरेर निस्केको कुरा हो कि यही सम्मानित सदनले बनाएको समितिले निष्कर्ष उपर सरकारले कारबाही चलाएको हो ?’ त्यतिकुरा हेक्का छ कि छैन ? भन्दै उनले रास्वपालाई प्रश्न गरे ।

उनले भने, ‘त्यो त थाहा पाउनु पर्‍यो, प्रतिशोध भो भन्नु हुन्छ । प्रतिशोध भो भन्नु हुन्छ भने दुईटा नागरिकता बोकेर हिँडेको अहिले पनि कारबाही भाछैन । एउटा देशको नागरिकता छोडेको प्रमाण पेस गरेको खोई ?’ सहकारी ठगीको पक्षधरता लिएर नयाँ शक्तिको निर्माण नहुने पनि उनले बताए । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७