म्यानमारविरुद्ध नेपालको टोलीमा तीन परिवर्तन


२०८१ फाल्गुण ११ आइतबार २३:५९ बजे
फाइल फोटो

काठमाडौं । काठमाडौंमा जारी चार राष्ट्र सम्मिलित इन्टरनेट वुमन्स च्याम्पियनसिप अन्तर्गत नेपालले आज (आइतबार) समूह चरणको अन्तिम खेलमा म्यानमारसँग खेल्दैछ । दशरथ रंगशालामा केहीबेरमा सुरु हुने खेलका लागि नेपालले अघिल्लो खेलको प्लेइङ ११ मा तीन परिवर्तन गरेको छ ।

कप्तान एन्जिला सुब्बासहित तीन खेलाडी बेन्चमा परेका छन् । एन्जिला, बिमला चौधरी र रेखा पौडेललाई विश्राम दिइएको छ । उनीहरुको स्थानमा अन्जना रानामगर, रश्मीकुमारी घिसिङ र सरु लिम्बु खेल्ने छन् । टोलीको कप्तानी रेनुका नगरकोटे सम्हाल्ने छिन् ।

नेपाल र म्यानमार दुवै टोली यसअघि नै फाइनलमा स्थान सुरक्षित गरिसकेकाले यो खेल फाइनलअघिको तयारीको रुपमा रहनेछ । म्यानमारले लेबनानलाई ३–१ र कीर्गिस्तानलाई ५–० गोलअन्तरले पराजित गरेको छ । नेपालले दुवै टोलीलाई १–० को समान गोल अन्तरले पराजित गरेको थियो ।

आजको प्लेइङ ११

अन्जना राना मगर, सावित्रा भण्डारी, सविता राना, प्रीति राई, रश्मी घिसिङ, विमला विक, पूजा राना, रेनुका नगरकोटे, सरु लिम्बू, गीता राना र समीक्षा घिमिरे ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७