म्यानमारसँग नेपालको रोमाञ्चक बराबरी


२०८१ फाल्गुण ११ आइतबार ००:३२ बजे

काठमाडौं । चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपाल र म्यानमार बीचको खेल रोमाञ्चक बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफमा भएको २–२ बराबरीमा नै सकिएको छ । यो नतिजापछि दुवै टिम अपराजित हुँदै समान ७-७ अंकमा रहेका छन् । गोल अन्तरले म्यानमार नेपालभन्दा अगाडि रहेको छ । 

यो बराबरीसँगै म्यामार लिग विजेता र नेपाल उपविजेता बन्दै बुधबार फाइनल खेल्ने छन् । खेलको छैटौं मिनेटमा म्याट नोई खिनको फ्रि किक गोलमार्फत म्यानमारले अग्रता बनाएको थियो । म्यानमारको त्यो अग्रता लामो समयसम्म टिक्न सकेन । पाँच मिनेटपछि नै नेपालले बराबरी गोल फर्कायो । सावित्रा भण्डारीको क्रसमा सविता रानमगरले वान टचमै पोस्टको दिशा दिइन् । मे एचटेट लुले १६औं मिनेटमा म्यानमारलाई २–१ को अग्रता दिलाइन् । उनले नेपाली रक्षक गीता रानाले क्लियर गर्न खोजेको बललाई नियन्त्रणमा लिँदै लुले उत्कृष्ट गोल गरिन् ।

सावित्र भण्डारीले ४०औं मिनेटमा प्रिती राईको पासमा गोलरक्षकलाई वान वाई वानमा विट गर्दै नेपाललाई खेलमा फर्काइन् । पहिलो हाफ २–२ को बराबरीमा सकिएको खेलको दोस्रो हाफमा  गोल भने थपिएन । दुवै टिमले केही मौका बनाए पनि अंकमा परिणत भने गर्न सकेनन् । ७३ मिनेटमा रश्मीको हेडर गोलकिपर म्योले कलेक्ट गरिन् । थप गरिएको पहिलो मिनेटमा म्यानमारले मौका बनाउन खोज्दा खेलाडी अफ साइड रहे । म्यानमारविरुद्ध नेपालको यो पाँचौ खेल हो र यसमा तीन हार तथा दुई बराबरी भएका छन् । अब बुधबार हुने फाइनलमा नेपाल र म्यानमार भिड्ने छन् । आइतबारको पहिलो खेलमा लेबनानले किर्गिस्तानलाई २–० ले हराएको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७