साम्बाले फर्काइन् दोस्रो गोल : पहिलो हाफमा नेपाल–म्यानमार बराबरी


२०८१ फाल्गुण ११ आइतबार ००:३१ बजे

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज (आइतबार) नेपाल र म्यानमारबीच प्रतिस्पर्धा भइरहेको छ । यसअघि नै फाइनल प्रवेश गरिसकेका दुवै टोली आज लिगको अन्तिम खेल खेलिरहेका छन् ।

खेलको पहिलो हाफ सकिँदा नेपाल र म्यानमार दुवै टोलीले २–२ गोल गरेका छन् । म्यानमारका लागि खेलको छैटौं मिनेटमा म्याट नोइ खिनले गोल गर्दै टिमलाई अग्रता दिलाइन् । तर खेलको ११ औं मिनेटमा नेपालकी सविता राना मगरले गोल गर्दै स्कोर बराबरी पारिन् ।

पुनः १७ औं मिनेटमा म्यानमारकी मे तेत लुले गोल गर्दै खेल २–१ को स्थितिमा पुर्‍याइन् । त्यसपछि खेलको पहिलो हाफको उत्तरार्धतिर ४१ औं मिनेटमा नेपालकी सावित्रा भण्डारीले गोल गर्दै खेललाई २–२ को स्थितिमा पुर्‍याइन् । पहिलो हाफसम्म दुवै टोलीको संघर्ष र कौशल प्रकट गरे । यो खेल फाइनल अघिको तयारी खेल हो । यसअघि नेपाल र म्यानमार दुवैले फाइनलमा स्थान सुरक्षित गरिसकेका छन् । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७