सरकारले नैतिकताका आधारमा मार्ग प्रशस्त गर्नुपर्छ : माओवादी


२०८१ फाल्गुण ११ आइतबार २०:२६ बजे
फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले सरकारले नैतिकतामा आधारमा मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको आज (आइतबार) को बैठकमा बोल्दै उनले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधि मामिलामा निगरानी राख्ने अन्तरदेशीय अन्तर्राष्ट्रिय संस्था एफएडिएफले नेपाललाई आधिकारिक रूपमा ग्रे लिस्टमा चढाएको भन्दै सरकारको अकर्मण्यताले यस्तो अवस्था आएको बताए ।

‘सरकारको अकर्मण्यता, वित्तीय क्षेत्रमा सुधार गर्ने अठोटको अभाव र सुशासनप्रतिको उपेक्षाका कारण नेपाल अन्ततः यो लज्जाजन अवस्थामा पुगेको छ । म यसका प्रति खेद व्यक्त गर्न चाहन्छु । निन्दा व्यक्त गर्न चाहन्छु,’ उनले भने । यो घटनाक्रमलाई सरकार सुशासनका पक्षमा छैन र सरकार सम्पूर्णरूपमा असफल भएको संकेतका रूपमा संसदले लिनुपर्ने उनले बताए ।

‘सरकारले नैतिकरूपमा आफ्नो मार्गप्रशस्त गर्नुपर्छ । सरकारको कुनै भरोसा रहने नै रहेन । सिङ्गै देशको इज्जत, प्रतिष्ठा, मानको रक्षा र सम्बद्र्धनका खातिर गम्भीरताका साथ विशेष महत्तवका साथ यसलाई लिनुुपर्छ । सदन थप कदमका लागि गम्भीर बनोस्,’ उनले भने ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७