कानुन अनुसार नै केबुलकार बनाउने जिम्मा दिएको कुरा नबिर्सौ : योगेश भट्टराई


२०८१ फाल्गुण ११ आइतबार २०:३५ बजे

काठमाडौं । सत्तारुढ नेकपा एमालेका सांसद योगेश भट्टराईले ताप्लेजुङको पाथीभरामा निर्माण हुन लागेको केबुलकारका कारण जारी विवादबारे संसदबाट ध्यानाकर्षण गराएका छन्। सांसद भट्टराईले नेपालको कानुन अनुसार नै निजी क्षेत्रलाई अनुमति दिएको भन्दै उक्त कुरा बिर्सन नहुने बताएका छन्।

‘ताप्लेजुङमा केबुलकार निर्माणको विषयलाई लिएर विवाद र बहस चलिरहेको छ । केही दिनदेखि ताप्लेजुङमा दुःखद घटना घटिरहेको छ,’ भट्टराईले भने, ‘नेपालको ऐन कानुनको व्यवस्था अनुसार नै निजी क्षेत्रलाई अनुमति दिएको हामीले बिर्सनु हुँदैन । त्यस आधारमा नै निजी क्षेत्रले केबुलकारको काम अगाडि बढाएको हो ।’ उनले विरोध गर्ने अधिकार सबैलाई भए पनि त्यसको पनि शैली हुने बताएका छन् । 

‘विरोध गर्ने अधिकार सबैलाई हुन्छ । तर विरोधका सीमा हुन्छ । सभ्य र शान्तिपूर्ण ढंगले विरोधका शैलीलाई अघि बढाउनु पर्छ भन्ने मान्यता हो,’ उनले भने । विकासका विरोधी कोही पनि नभएको बताए । ‘विकास विरोधी कोही पनि छैन । धर्म र संस्कृतिलाई जब राजनीतिमा प्रवेश गराउन थाल्छौं त्यसले विवाद ल्याउँछ । हामीले देखेकै कुरा हो । त्यसैले हामी सबै मिलेर बसेको देशमा यो खालको स्थिति सिर्जना हुनु दुःखद हो,’ उनले भने । शनिबार राति केबुलकारविरोधी पक्षले गरेको मसाल जुलुसका कारण ताप्लेजुङ बजार अशान्त भएको भन्दै सुरक्षाकर्मीको संयमताले थप नोक्सानी हुनबाट जोगिएको जिकिर गरे ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७