बसको ठक्करबाट पसलमा बसिरहेका बालकको मृत्यु, आमा घाइते


२०८१ फाल्गुण ४ आइतबार १०:१६ बजे

बाजुरा । साँफे–मार्तडी राजमार्गमा पर्ने बुढीगंगा नगरपालिका–१ अम्कोटमा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा अम्कोटका ८ वर्षीय नयन पाध्याय रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले जानकारी दिए ।

उधनगढीबाट मार्तडी आउँदै गरेको सु–प–प्र ०१–००१ ख ३६८८ नम्बरको बसले सडक नजिकै रहेको पसलमा घाम तापेर बसेको अवस्थामा ठक्कर दिदाँ घाइते भएका बालकको बाजुरा जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको गिरीले जानकारी दिए ।

बसको ठक्करबाट घाइते भएकी मृतककी आमा ५० वर्षीया विस्ना पाध्यायको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ । चालक ४० वर्षीय उपेन्द्र मडै र बस नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक गिरीले जनाए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७