भूमि अध्यादेशको विपक्षमा उभिएका महन्थ ठाकुर पनि सत्ता गठबन्धनको वैठकमा


२०८१ फाल्गुण ३ शनिबार १०:०८ बजे

काठमाडौं । बालुवाटारमा सत्ता गठबन्धन दलहरुको बैठक चलिरहेको छ । शनिबार सरकारलाई समर्थन गरिरहेका राजनीतिक दलका शीर्ष नेतासहितको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा अहिले जारी छ ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानलगायत सहभागी छन् ।

बैठकमा सरकार र संसदका कामको प्रभावकारिता र विचाराधीन विभिन्न अध्यादेशहरुलगायत विषयमा छलफल भएको बताइएको छ । आज सता पक्षीय दलको बैठकबाट अध्यादेशका बारेमा निष्कर्षमा पुग्ने बताइएको छ । हिजो अध्यादेशलगायत पछिल्ला विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको थियो ।

सरकारले ल्याएको भूमि अध्यादेशको विरोधमा सरकारमै रहेका दलहरुले नै अस्वीकार गर्ने निर्णय गरेपछि प्रधानमन्त्री ओलीले आज बैठक राखेका हुन् । राष्ट्रियसभामा निर्णायक जसपा नेपाल र लोसपाले पनि अध्यादेश अस्वीकार गर्ने निर्णय गरिसकेको छ । यद्यपी अध्यादेश अस्वीकार गर्ने निर्णय गरेर पार्टीबाट सरकारमा रहेका मन्त्रीलाई राजीनामा दिन तयार रहन निर्देशन दिएका लोसपा अध्यक्ष महन्थ ठाकुर पनि सहभागी छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७