जनकपुरमा व्यवसायीमाथि मरणासन्न हुने गरी कुटपिट


१६:४८ बजे

जनकपुर । जनकपुरधाम उपमहानगरपालिका–९ पिडारीचोकमा एक व्यवसायीमाथि निर्मम कुटपिट भएको छ । जनकपुरधाम उपमहानगरपालिका–९ पिडारी चोकमा कवाड व्यवसायी मुकेश यादवमाथि एक समूहले लाई रडले निर्ममतापूर्वक गरेको हो । 

कुटपिटबाट यादव गम्भीर घाइते भएका छन् । जनकपुरधाममा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । धनुषाका प्रहरी प्रवक्ता डिएसपी वरुणबहादुर सिंहले घाइते यादवको उपचार ललितपुरको बी एण्ड बी अस्पतालमा भइरहेको जानकारी दिए । रडले यादवमाथि एक समूहले आक्रमण गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ । यादवमाथि रडले निर्ममतापूर्वक प्रहार गरिरहेको भिडिओमा देख्न सकिन्छ ।

डिएसपी सिंहका अनुसार घटना शनिवार दिउँसोको हो । व्यावसायकै विषयमा छलफलको क्रममा विवाद भएपछि उनीमाथि आक्रमण गरिएको खुलेको छ । कुटपिटमा जनकपुरधाम १३ का फेकु साह, अमित साह, तुल्सी साह, सुभाष साह र भारत विहार राज्यको सितामढी विष्णुपुरका विकास साह संलग्न रहेको र उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको डिएसपी सिंहले जानकारी दिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७