पाथीभरा केबलकार विवाद

झापामा बन्दकर्ता र प्रहरीबीच झडप : प्रहरीले हान्यो अश्रुग्यास, १० जना पक्राउ


१८:३० बजे
तस्वीर स्रोत : सामाजिक सञ्जाल

झापा । झापामा पाथीभरामा केबलकारको विरोधमा आन्दोलनमा उत्रिएका बन्दकर्ता र प्रहरीबीच झडप भएको छ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा ‘नो केबलकार’ भन्दै आन्दोलनमा उत्रिएका बन्दकर्ता र प्रहरीबीच झापाको दमकमा झडप भएको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दमक–६ स्थित गणतन्त्र चोकमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनको नेतृत्वमा करिब सय जनाले टायर बालेर सडक अवरोध गर्न खोजेका थिए ।

त्यसक्रममा प्रहरीले बन्दकर्तालाई नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रहरीमाथि ढुंगा हानेका थिए । ढुंगा प्रहारबाट मे १ च ५१६१ नम्बरको स्कोरपियोसहित केही सवारी साधनमा क्षति पुगेको छ । इलाका प्रहरी कार्यालय दमकले त्यसपछि केही बन्दकर्ताहरुलाई पक्राउ गरेपछि स्थिति तनावग्रस्त बन्यो र दुवै पक्षबीच झडप भएको थियो । झडपका क्रममा प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन तीन सेल अश्रुग्यास प्रहार गरेको छ ।

यता सडकमा यातायात अवरोध गर्दै हिँडेका तीन जना र गाडीमा तोडफोड गर्ने थप एक जना गरी चार जना पक्राउ गरेको झापा प्रहरीले जनाएको छ । त्यस्तै धरानबाट ६ जना बन्दकर्ता पक्राउ परेका छन् । बन्द गराउँदै हिँडेका समूहलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७