टाइगर कप भलिबल : एपीएफ स्तब्ध, आयोजकलाई उपाधि
पोखरा । पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फ एपीएफ क्लबलाई पराजित गर्दै आयोजक टाइगर ग्रुपले उपाधि जितेको छ ।
पोखरा रंगशालामा आइतबार सकिएको फाइनल खेलमा एपीएफलाई प्रतिस्पर्धात्मक ३–२ को सेटमा स्तब्ध पार्दै आयोजकले उपाधि हात पारेको हो ।