टी–२० सिरिजमा नेपालको लगातार तेस्रो हार


१८:४६ बजे

काठमाडौं । काठमाडौंमा जारी त्रिदेशीय महिला टी–२० क्रिकेट श्रृंखलाको चौंथो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको छ ।  यो नेपालको लगातार तेस्रो हार हो । नेदरल्यान्ड्सले प्रस्तुत गरेको १४१ रनको उच्च लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १२५ रन बनायो।

नेपालका लागि कप्तान इन्दु बर्माले ३२ बलमा एक छक्कासहित सर्वाधिक ३० रन बनाइन् । त्यस्तै ओपनर सम्झना खड्काले २३ रन जोड्दा पूजा महतोले १८ र कविता जोशीले १४ रनको योगदान गरे । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

डच टोलीका लागि आइरिस ज्वीलिङ, क्यारोलिन डे लेन्ज र हिथर सेगर्सले सुमान दुई विकेट लिए । त्यस्तै इभा लिन्च र इसाबेला भान डेर वनिङको नाममा समान एक विकेट रह्यो । यसअघि नेपालले शृंखलाको सुरुवाती दुवै खेल गुमाएको थियो । बिहीबार नेदल्र्यान्ड्ससँगको पहिलो खेल गुमाएको नेपाल शनिबार थाइल्यान्डसँग पराजित भएको थियो ।

हारसँगै नेपालको उपाधि सम्भावना क्षीण बनेको छ । थाइल्यान्डले दुई र नेदरल्यान्ड्सले एक खेल जितेका छन्। हरेकले एकआपसविरुद्ध तीन खेल खेल्ने छन् । तीन देश सहभागी शृंखलाको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७