मन्त्री अधिकारीको गुनासो : तालमेल नहुँदा सोचे जस्तो काम हुन सकेन् 


१५:५२ बजे

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले आवश्यकताहरु असीमित भएकाले कार्य गर्ने पद्दतिमा तालमेलको अभाव रहेको गुनासो गरेका छन् । आइतबार नापी कार्यालय चावहीलको नव निर्मित भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले काम गर्ने सिस्टममा तालमेल नमिल्दा चाहेजस्तो कामहरु हुन नसकेको बताएका हुन् ।

उनले भने, ‘हामीलाई असीमित आवश्यकताहरुको जरुरत छ । आवश्यकताहरु एकथरी छन् । हामीले गर्ने कार्यशैली, कार्य पद्धति, सिस्टम अलि भिन्न छ । तालमेलको अभाव छ । जसले कामहरुमा चाहे अनुसारको हुन सकिरहेको छैन । छिटो छरितो काम नभएको जस्ता कुरीतिहरु देखा परेका छन् । सबै कुरा मिलाउने र समाधान गर्ने अरु बाहिरको कोही आएर गर्दैन तपाईं हामीले नै गर्नुपर्ने हो ।’

उनले व्यक्तिगत स्वार्थका कारण कसैले काम गर्न नहुने बताए । उनले नापी कार्यालयका कर्मचारीहरुलाई जनताको हित विपरित र जनतालाई अफ्ठयारो पार्ने गरी काम नगर्न आग्रह गरे । उनले भने, ‘काम हुँदै हुँदैन भन्ने गुनासो धेरै सुन्नमा आएको छ । कर्मचारीहरुलाई मेरो के आग्रह छ भने नियम र विधि बाहेक कसैलाई दबाव दिने काम नगर्नु होला। जनताको हित विपरित र जनतालाई अप्ठ्यारो पार्ने गरी काम नगर्न म आग्रह समेत गर्दछु ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७