एकै दिन तोलामा २३ सयले बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?
काठमाडौं । नेपाली बजारमा फेरि सुनचाँदीको भाउ उकालो लाग्न थालेको छ । नेपाल सुचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) सुनको भाउ तोलामा २३ सय रुपैयाँले बढेको छ ।
योसँगै प्रतितोला छापावाल सुन १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलामा १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले बढेर १ हजार ९१५ रुपैयाँ कायम भएको छ । हिजो तोलामा चाँदी १ हजार ८८५ रुपैयाँमा किनबेच भएको थियो ।