बेलचौतारा–मुस्ताङ पुल : चार वर्षमा मुस्किलले ३० प्रतिशत काम


१३:३७ बजे
फाइल फोटो

तनहुँ । बेलचौतारा–मुस्ताङ पुल निर्माणले गति नलिँदा स्थानीय खिन्न भएका छन् । चारवर्षमा जम्मा ३० प्रतिशत मात्र भौतिक प्रगति भएको छ । मूल्य अभिवृद्धि करसहित रु.१५ करोड ५९ लाखमा निर्माण सम्पन्न गर्ने सम्झौता गरेको निर्माण कम्पनीले कोभिडकालमा भएको आर्थिक क्षतिका कारण निर्धारित समयमा काम पूरा नभएको बताएको छ । 

यसैबीच, पूर्वाधार विकास कार्यालयका प्रमुख  रवीन्द्र तिवारीले भने निर्माण कम्पनीलाई हालसम्म रु.आठ करोड १३ लाख भुक्तानी भइसकेको बताएका छन् । ‘टेल फाउण्डेशन’ मा निर्माण हुने पुलको लम्बाइ एकसय ५० दशमलव ४ मिटर हुनेछ। चार वटा स्पानमध्ये हालसम्म एउटा मात्र बनेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७