रवि लामिछाने अदालतमा उपस्थित, आज आदेशको सम्भावना


२०८१ माघ १३ आइतबार १०:२१ बजे

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने रूपन्देही अदालत उपस्थित भएका छन् । लामिछाने आज बिहान कानुन व्यवसायीको साथमा अदालतमा उपस्थित भएका हुन् । सुप्रिम सहकारी ठगी तथा संगठित अपराध मुद्दामा जिल्ला अदालत रुपन्देहीमा लामिछानेविरूद्ध मुद्दा छ ।

गत आइतबार दर्ता भएको मुद्दा उपर जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बिहीबारदेखि थुनछेक बहस सुरू भएको थियो । अब लामिछाने पक्षका पाँच जना कानुन व्यवसायीले बहस गर्नेछन् । त्यसपछि सरकारी वकिलले जबाफी बहस सकेर न्यायाधीशले फैसलाको निर्णय गर्नेछन् । लामिछाने बुधबार रूपन्देही जिल्ला अदालतमा हाजिर भएपछि न्यायाधीश योगीले बयान लिएर परिवार र उनका कानुन व्यवासायीको जिम्माजमानीमा छोडेका थिए ।

लामिछाने बिहीबारदेखि नै हिरासत बाहिरै बसेर अदालतमा उपस्थित भइरहेका छन् । जिल्ला अदालत कास्की र काठमाडौंमा दर्ता भएका यसअघिका मुद्दामा भने लामिछानेलाई अदालतले हिरासतमा राख्न आदेश गरेको थियो । सोही अनुसार हिरासतमै बसेर बहसमा उपस्थित भएका थिए । लामिछानेले कास्कीमा ६५ लाख र काठमाडौमा ६० लाख धरौटी बुझाएर रिहा भएका थिए। लामिछानेलाई परिवार र कानुन व्यवसायीको जिम्मा लगाएको भन्दै सरकारी वकिलले बहसमा प्रश्न उठाएका थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७