अर्काको जग्गाको नक्कली धनीपुर्जा बनाएर बैंकबाट करोड बढी कर्जा 


२०८१ माघ १० बिहीबार ०१:३९ बजे

काठमाडौं । अर्काको जग्गाको नक्कली जग्गाधनी श्रेस्ता बनाई बैंकमा धितो राखेर एक करोड २० लाख कर्जा लिएका तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका– १ का २२ वर्षीय गौरव कार्की, सोही ठाउँका ३५ वर्षीया ईश्वरी माया रोका र बाराको जितपुर नगरपालिका– ३ का ३५ वर्षीय दिलिपकुमार सिंह छन् ।

बाँकेबाट खटिएको प्रहरीले काठमाडौं प्रहरीको सहयोगमा उनीहरूलाई माघ ८ गते काठमाडौंमा बुद्धनगर र कोटेश्वरबाट पक्राउ गरी बाँके ल्याएको हो । उनीहरूले बाँकेको डुडुवा गाउँपालिका– ५ को कित्ता नम्बर १५१ र कित्ता नम्बर १५२ को ३३ कट्ठा जग्गाको नक्कली धनीपुर्जा बनाई काठमाडौंमा शाखा रहेको एक बैंकबाट एक करोड २० लाख रूपैयाँ कर्जा लिएका थिए ।

सो जग्गा जुम्लाको चन्दननाथ नगरपालिका– ८ का रेश्मा श्रेष्ठको थियो । गौरव, ईश्वरी र दिलिपले कर्जा लिएको रकम आपसमा बाँडफाँट गरी ठगी गरेको बाँकेका प्रहरी प्रवक्ता डिएसपी आयुष प्रसाद जोशीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७