प्रधानमन्त्रीको आह्वानमा सरकार समर्थक दलहरुको बैठक बस्दै


२०८१ माघ १४ सोमबार २२:३८ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सरकार समर्थक दलको बैठक आज (सोमबार) बस्दैछ । अध्यादेशमा एकै स्वर बनाउन प्रधानमन्त्री ओलीले सोमबार साँझ ५ बजे बालुवाटारमा बस्ने गरी सत्तारुढ दलको बैठक बोलाएका हुन् । संसद्को हिउँदे अधिवेशन यही माघ १८ गतेदेखि सुरु हुँदैछ । 

प्रधानमन्त्री ओलीले १८ गतेको बैठकमा आफ्ना धारणा राख्ने कार्यक्रम छ । सरकारले ल्याएको अध्यादेशको पक्षमा उभिन कांग्रेस र एमालेले आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन् । तर, अन्य दल भने अध्यादेश ल्याएकोमा खुशी छैनन् । यही कुरा बुझेका ओलीले साना दललाई पनि विश्वासमा लिन बैठक राखेका स्रोतको दाबी छ ।

केही दिन अघिसम्म अस्वस्थ भएका प्रधानमन्त्री ओली आज (सोमबार) भने सार्वजनिक कार्यक्रममा पनि सहभागी हुँदैछन् । आजका लागि प्रधानमन्त्री ओलीका तीन वटा कार्यक्रम तय भएका छन् । प्रधानमन्त्री ओली आज बिहान साढे १० बजे सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवसको अवसरमा नेपाल प्रशासनिक प्रशिक्षण ललितपुरमा आयोजित कार्यक्रम सहभागी हुँदैछन् ।

आजै दिउँसो १ बजे उनी भक्तपुरको कटुन्जेस्थित सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवन उदघाटन कार्यक्रममा सहभागी हुने छन् । त्यसपछि साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठकमा सहभागी हुने कार्यक्रम छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७