बाबा रामदेव र सहयोगी आचार्यविरुद्ध पक्राउ पुर्जी जारी


२०८१ माघ ६ आइतबार २२:४८ बजे

काठमाडौं । योगा गुरु बाबा रामदेव र उनका सहयोगी आचार्य बालकृष्णविरुद्ध जमानती पक्राउ पुर्जी जारी भएको छ। पतञ्जली आयुर्वेदको स्वास्थ्य सेवा उत्पादनहरूमा भ्रामक विज्ञापनहरू गरेको आरोपमा  केरला औषधि नियामकहरूले दायर गरेको उजुरीको आधारमा केरलाको एक अदालतले उनीहरुविरुद्ध जमानती पक्राउ पुर्जी जारी गरेको हो ।

बिहीबार पलक्कड जिल्ला अदालतले उनीहरुविरुद्ध  जमानती पक्राउ पुर्जी जारी गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । केरलाका ओप्थामोलोजिस्ट केभी बाबुले सन् २०२३ को नोभेम्बर उनीहरुविरुद्ध उजुरी दर्ता गरेका थिए। त्यसपछि केरलाको औषधि नियन्त्रण विभागले राज्यका अधिकारीहरूलाई पतञ्जलिविरुद्ध कानुनी कारबाही सुरु गर्न निर्देशन दिएको थियो । कम्पनीमाथि ड्रग एन्ड म्याजिक रेमेडिज (अब्जेक्सनेबल एडभर्टिजमेन्ट) एक्ट, (डीएमआर एक्ट) १९५४ उल्लङ्घन गरेको आरोप छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७