बिहेको भोज खाँदा डोटीमा ५७ बढी बिरामी


२०८१ माघ ६ आइतबार ०१:३१ बजे

धनगढी । डोटीमा बिहेको भोज खाएका ५७ जना बिरामी परेका छन् । जिल्लाको आदर्श गाउँपालिका–१ का नरबहादुर विककी छोरीको विवाहको भोज खाएकाहरू बिरामी भएका हुन् । जिल्ला प्रहरी कार्यालय डोटीले शनिबार दुलही पक्षका व्याक्तिहरूले सुजीको हलुवालगायतका खानाका परिकार खाँदा ५७ जना बिरामी भएको जनाएको छ ।

बिहेको भोज खाएकाहरूमा तीन जनालाई ज्वरो आउने, बान्ता र पखाला हुने समस्या देखिएको थियो । उनीहरूलाई स्थानीय स्वास्थ्य चौकी, बाँझमा उपचारका लागि लगिएको थियो । बिरामीहरूको रगतको नमुना संकलन गरेर जिल्ला अस्पताल डोटीमा परीक्षणका लागि पठाइएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७