प्राधिकरणको कार्यकारी प्रमुखको जिम्मेवारी डा. भूसाललाई


२०८१ माघ ६ आइतबार ०१:३७ बजे

काठमाडौं । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव डा. भीष्मकुमार भूसालले प्राधिकरणको कार्यकारी प्रमुखका रुपमा जिम्मेवारी सम्हालेका छन् । ४ माघमा भएको गृहमन्त्रीस्तरीय निर्णयअनुसार डा. भूसालले अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरणको कार्यकारी प्रमुखका रुपमा कामकाज गर्ने गरी जिम्मेवारी पाएका हुन् । 

विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली, ०७६ को नियम ५ ‘ग’ बमोजिम डा. भूसाललाई कार्यकारी प्रमुखको जिम्मेवारी प्राप्त भएको हो । १ पुसमा कार्यकारी प्रमुख अनिल पोखरेलको कार्यकाल समाप्त भएपश्चात हाल नयाँ कार्यकारी प्रमुख नियुक्तिको प्रक्रिया चलिरहेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७