खो खो विश्वकप : पुरुषतर्फ पनि नेपाल उपविजेता, भारत बन्यो च्याम्पियन


२०८१ माघ ६ आइतबार ०१:३४ बजे

काठमाडौं । नेपालको पुरुष टिम पनि खो खो विश्वकपमा उपविजेता बनेको छ । आज (आइतबार) भारतको इन्दिरा गान्धी इन्डोर कोर्टमा भएको खेलमा नेपाल भारतसँग ५४–३६ ले पराजित भएको हो ।  यसअघि नेपाल समूह चरणमा पनि भारतसँग पराजित भएको थियो । फाइनलमा पनि नेपाल भारतसँग तुलात्मक रुपमा निकै कमजोर रह्यो । भारतीय खेलाडी नेपालविरुद्ध हाबी भएका थिए । 

भारतका दुवै टोली पहिलो संस्करणमा नै च्याम्पियन बनेको छ ।  आज नै भएको महिलातर्फको फाइनलमा पनि नेपाल उपविजेतामै सिमित बनेको थियो । सोही इन्डोर मैदानमा नेपाल ७८–४० अन्तरले पराजित भयो ।

यसअघि अपराजित हुँदै फाइनल यात्रा तय गरेको नेपालको महिला  फाइनलमा भने घरेलु टोलीसँग पराजित भयो । नेपालले सेमिफाइलनमा युगान्डालाई हराएको थियो । पहिलो पटक आयोजना भएको खो खो विश्वकपमा दक्षिण एसियाका दुई राष्ट्र भारत र नेपालले अन्य राष्ट्रलाई पछि पार्दै फाइनल यात्रा तय गरेका थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७