शिक्षिकाको कुटाइले बालकको गुम्यो आँखाको ज्योती


२०८१ पौष २८ आइतबार ०५:३८ बजे

रूपन्देही । शिक्षिकाको कुटाइबाट एक बालकको आँखाको ज्योती गुमेको छ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–१ स्थित एच पाठशालामा युकेजीमा अध्ययनरत ६ वर्षीय प्रशान्त चौधरीको शिक्षिका सञ्जु चौधरीको कुटाइबाट एउटा आँखाको ज्योती गुमेको अभिभावकले बताएका छन् । 

शिक्षिका चौधरीले बालकलाई प्लास्टिकको लठ्ठीले हान्दा देब्रे आँखामा चोट लागेको थियो । शिक्षिकाविरूद्व इलाका प्रहरी कार्यालय बर्दघाटमा मुद्दा दर्ता भएको छ । प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ । बालकका बुवा नरेन्द्र चौधरीले चिकित्सकलाई उद्वृत गर्दै छोराको आँखाको दृष्टि स्थायी रूपमा गुमेको बताएका छन् ।

‘मेरो छोराको भविष्य अन्धकार भयो’, चौधरीले भने, ‘आँखा उस्तै बनाइ दिनुपर्छ, या भविष्यको जिम्मेवारी लिनुपर्छ ।’ उनले यो घटनामा शिक्षण संस्थालाई समेत कारबाही हुनुपर्ने माग गरे । गत मंसिर १८ को घटना भए पनि विद्यालयले मिलापत्र गर्ने प्रयास गरेकाले बाहिर आउन ढिलाइ भएको बताइएको छ ।

विद्यालयले प्रारम्भमा स्थानीय अस्पताल हुँदै काठमाडौंको तिलगंगा आँखा अस्पतालमा उपचार गराएको भए पनि पीडित पक्षले कानूनी प्रक्रिया अघि बढाएपछि चासो नदेखाएको आरोप छ । विद्यालयका प्रधानाध्यापक सुजित गुप्ताले विद्यार्थीको सबै उपचारमा आफैं अगाडि लागेर गराएको र पहिले बाबुको उपचारपछि मात्रै अन्य प्रक्रियामा छलफल गरौंला भनेर प्रस्ताव राखेको बताए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७