सर्वोच्च बारको अध्यक्षमा पोखरेल निर्वाचित, अरु पदमा को–को ?


२२:३८ बजे

काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनको अध्यक्षमा लोकतान्त्रिक समूहबाट वरिष्ठ अधिवक्ता मेघराज पोखरेल निर्वाचित भएका छन् । आज (शनिबार) सम्पन्न निर्वाचनमा वरिष्ठ अधिवक्ता पोखरेल अध्यक्षमा निर्वाचित भएका हुन् । एउटा सदस्य पदमा सतिशराज मैनाली बाहेक सबै उम्मेदवार लोकतान्त्रिक समूहका हुन् । मैनाली भने प्रगतिशिल समूहबाट थिए ।

सर्वोच्च अदालत बार एशोसिएसनको नेतृत्वका लागि भएको निर्वाचनमा वरिष्ठ अधिवक्ता पोखरेलले ३६८ मत ल्याएर विजयी भएका हुन् । अध्यक्षका उम्मेदवारहरू वरिष्ठ अधिवक्ता महेशकुमार थापाले १८१ मत पाएका थिए भने अधिवक्ता प्रेमसिंह धामीले १५ मत पाएका थिए ।

उपाध्यक्षमा ३४६ मत सहित अम्बर बहादुर राउत निर्वाचित भए । उनका प्रतिस्पर्धी भिष्मराज कडरियाले १७३ मत ल्याए । बरिष्ठ अधिवक्ता उत्तम बहादुर श्रेष्ठले २५ मत मात्रै पाएका थिए । सर्वोच्च बारको सचिवमा रमण कुमार कर्ण निर्वाचित भएका छन् । उनले ३३९ मत ल्याए । उनका प्रतिस्पर्धी प्रभाकर श्रेष्ठले २०५ मत ल्याए । सहसचिवमा पुन्देवी महर्जन निर्वाचित भएकी छन् । उनले ३३७ मत पाइन् भने प्रतिस्पर्धी श्रुति कुमारी रेग्मीले २१६ मत पाइन् । कोषाध्यक्षमा ३४० मत सहित रामचन्द्र पौडेल निर्वाचित भए । अनन्तराज लुईटेलले २०७ मत पाएका थिए ।

महिला सदस्यमा शशी बस्नेत ३१७ मत सहित निर्वाचित भइन् । उनकी प्रतिस्पर्धी सुधा धितालले २०८ मत पाएकी थिइन्। सदस्यहरूमा दुर्गा मोहन श्रेष्ठ (३५४मत), इन्द्र शेखर खड्का (३१५), प्रदिप कुमार श्रेष्ठ (३१७), नागेश्वर प्रसाद चौधरी (२८०), निर्मल कुमार उपाध्याय (३२५), ओमकृष्ण श्रेष्ठ (२७९), प्रदिप कुमार राजवंशी (३१४) र सतिशराज मैनाली (२७२ मत) सहित निर्वाचित भए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७