प्रहरीका पाँच जनाको डीआईजी बढुवामा पहिलो नम्बरकै रानालाई अन्यायपूर्वक छुटाइयो
काठमाडौं । नेपाल प्रहरीका पाँच वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस हुँदा पहिलो नम्बरकै दावेदारलाई छुटाएर अन्याय गरिएको छ । गृह मन्त्रालय अन्तर्गतको बढुवा सिफारिस समितिले बिहीबार रिक्त पाँच डीआईजीका लागि एसएसपीको नाम सिफारिस गरेको हो ।
जस अनुसार ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया सिफारिसमा परेका छन् । कार्की नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास कार्यालय नक्साल, भट्ट कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेतमा कार्यरत छन् ।
त्यस्तै आचार्य लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौं, पौडेल अख्तियार दुरुपयोग अनुुन्धान कार्याल काठमाडौं र थपलिया नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग वृत्ति विकास महाशाखा नक्सालमा कार्यरत छन् । एसएसपीको पहिलो नम्बरमा भए पनि मानव बेचविखन अनुसन्धान ब्यूरोका प्रमुख ओमबहादुर राना भने बढुवामा छुटेका छन् । प्रहरीमा उनी इमान्दार मानिए पनि अन्यायपूर्वक बढुवामा छुटाइएको छ । रानाकै ब्याचीहरु भने यसअघि दुई चरणमा डीआईजी बढुवा भइसकेका छन् । आगामी चैतमा तीमध्ये केही एआईजी बन्ने छन् ।