सुस्मिताको हत्या उनैको प्रेमीले गरेको ठहर, नयाँ वर्षकै दिन जापान जाने सपनाको अन्त्य


०३:५३ बजे

काठमाडौं । काठमाडौं पिंगलास्थानमा मृत भेटिएकी २१ वर्षीया सुस्मिता खड्काको हत्या उनकै प्रेमीले गरेको प्रहरीले निष्कर्ष निकालेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार सुस्मिताको हत्या उनकै प्रेमी देवबहादुर थापाले गरेका हुन् । यद्यपी उनले कसरी हत्या गरे भन्नेबारे भने पोष्टमार्टम रिपोर्टपछि मात्रै भन्न सकिने प्रहरीले जनाएको छ ।

जापान जाने तयारीका लागि भाषा कक्षामा सहभागी सुस्मिता र देवबहादुर प्रेमी–प्रेमिका थिए । देवबहादुर केही समय जापान बसेर फर्किएका हुन् । थापा मंसिर ३० गते जापानबाट काठमाडौं आएका हुन् । ओखलढुंगा, सिस्नेरी स्थायी ठेगाना भएका थापा काठमाडौंस्थित कागेश्वरी मनोहरा नगरपालिका, आलापोटमा बस्दै आएका थिए । मृतक सुस्मिताको घर पनि आलापोटमै हो ।

उनीहरू पुस १६ गते राति साढे १० बजे पिंगलास्थानस्थित होटल बागमतीको कोठा नं. ३०८ मा छिरेका थिए । १२ बजे थापा कोठबाट बाहिर निस्किए । त्यसक्रममा उनले बाहिरबाटै चुक्कुल लगाएको प्रहरीले जनाएको छ। लामो समयसम्म कोठा नखुलेपछि होटलमा रहेको मास्टर किबाट कोठा खोलिएको थियो । त्यसबेलासम्म युवतीको मृत्यु भइसकेको थियो।

कोठाभित्र रेडबुलका केही बट्टा मात्रै भेटिएको प्रहरीले जनाएको छ । अनुसन्धानमा खटिएका एक प्रहरी भन्छन्, ‘कुनै धारिलो हतियार वा हत्या गर्ने कसुरमा प्रयोग हुने अन्य सामान बरामद भएको छैन ।’ बाहिरबाट ढोका लगाएर भागेको र युवतीको मोबाइल पनि साथमै लगेका कारण हत्या थापाबाटै भएको प्रहरीको दाबी छ । उनी हालसम्म फरार छन् । फरार रहेका थापाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । उनी केही समयअघि मात्रै जापानबाट आएको र सुस्मिता पनि उतै जाने तयारीमा रहेको बुझिएको छ । तर, जापान जाने तयारीमा रहेकी सुस्मिता अंग्रेजी नयाँ वर्षको सुरुवातकै दिन संसारबाटै विदा भएकी छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७