घट्यो भारतमा कल गर्दा लाग्ने शुल्क


०६:५६ बजे

काठमाडौं । नेपाल टेलिकमका नेटवर्कबाट भारतमा कल गर्दा लाग्ने महसुल दर परिमार्जन गरिएको छ । नेपाल टेलिकमले भारतमा सस्तो दरमा कल गर्नका लागि लागू गरेका विभिन्न विकल्पहरूमध्ये एक्सिस कोड  १४२४ को प्रयोग गरेर हुने बाह्यगमन कलको नयाँ महसुल दर निर्धारण गरेको हो  

नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत भई गए राति १२ बजेदेखि नै लागू हुनेगरी एक्सिस कोड १४२४ को महसुल दर करबाहेक प्रतिमिनेट ३ रूपैयाँ ७६ पैसा कायम गरिएको टेलिकमका प्रवक्ता हरि ढकालले जानकारी दिए । यसका साथै एक्सिस कोड १४२४, १४२५ र १४४५ को प्रयोग गरेर भारतमा हुने बाह्यगमन कलको पल्स दर ६० सेकेण्ड निर्धारण गरिएको प्रवक्ता ढकालले बताए ।          
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७