माधवलाई भेटेपछि वामदेवले भने–नयाँ आकाशतिर फेरि हिंड्नु पर्छ

नेकपा एसमा प्रवेश गर्नु अघि बामदेवका शर्तै–शर्त


२०८१ पौष १५ सोमबार १४:५५ बजे

काठमाडौँ । पूर्वमन्त्री एवं नेता वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी) पार्टी प्रवेशका सन्दर्भमा पूर्व प्रधानमन्त्री एवं अध्यक्ष माधवकुमार नेपालसँग एक घण्टा लामो छलफल गरेका छन् । सोमवार नेकपा (एकीकृत समाजवादी) को पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा नेपाल र गौतमबीच भेट भएको हो । 

भेटका क्रममा पुराना संस्मरणहरु पुनः जीवित गरेको नेता गौतमले प्रतिक्रिया दिएका छन् । उनले नयाँ पाइला सँगै अघि बढाउनेबारेमा पनि छलफल भएको जानकारी दिए । नेता गौतमले नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने सम्भावना जीवितै रहेको बताएका छन् । उनले भने, ‘पुराना संस्मरणहरु पुनर्जीवित गरियो । नयाँ आकाशतिर फेरि हिंड्नु पर्छ भन्ने कुरा भयो र आजलाई स्थगित भयो । समाजवादी पार्टीमा आउने सम्भावना छँदैछ ।’

नेकपा एसमा प्रवेश गर्नु अघि बामदेवका शर्तै–शर्त
बामदेव गौतमले नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने सम्भावना रहेको जनाएका छन । आलोकनगरस्थित नेकपा एसको केन्द्रिय कार्यालयमा पुगेका गौतमले पार्टी प्रवेशका लागि शर्तहरू राखेको जनाएका छन् । पार्टी कार्यकारी राष्ट्रपतिको एजेण्डामा जानु पर्ने, अभिब्यक्ति स्वतन्त्रता हुनुपर्ने तथा केन्द्रिय सदस्य पूर्णकालीन हुनुपर्नेलगायतका शर्त राखेको उनले जानकारी दिएका छन ।

उनका अनुसार अध्यक्ष नेपालले पार्टीभित्र छलफल गरेर खबर गर्ने आश्वासन दिएपछि बैठक सकिएको थियो। नेकपा एसले तेस्रो मर्यादाक्रममा राखेर गौतमलाइ पार्टीमा प्रवेश गराउने प्रयास गरिरहेको छ, त्यसैको सिलसिलामा उनी आज नेकपा एसको केन्द्रिय कार्यालय पुगेका हुन् । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७