शेरा दरबार जग्गाको दोषीमाथि कारबाही हुन्छ : गृहमन्त्री


०२:१९ बजे
फाइल फोटो

काठमाडौं । गृहमन्त्री रमेश लेखकले शेरा दरबारको जग्गाको दोषीलाई कारबाही हुने बताएका छन् । आज (बिहीबार) को राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री लेखकले शेरा दरबारको जग्गाको दोषीलाई कारबाही हुने बताएका हुन्।

बैठकमा एमाले सांसद बासुदेव घिमिरेले शेरा दरबारको जग्गाबारे गृहमन्त्री रमेश लेखकसँग जवाफ मागेका थिए । ‘शेरा दरबारबारे भएको के हो श्र गृहमन्त्रीले स्पष्ट गर्न आवश्यक छ’, एमाले सांसद घिमिरेले भनेका थिए । त्यसको जवाफ दिँदै गृहमन्त्रीले भने, ‘शेरा दरबारको जग्गा गलत ढंगले कुनै व्यक्ति र कम्पनीको नाममा गएको छ भने त्यो फिर्ता हुन्छ । गम्भीरतापूर्वक अनुसन्धान भएको छ ।’

बैठकमा सहभागी भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शेरा दरबार जग्गा कानुन विपरीत भए फिर्ता ल्याउनुपर्ने बताएका छन् ।  दाहालले शेरा दरबार जग्गा कानुन विपरीत भए फिर्ता ल्याउन सरकारलाई आग्रह गरेका हुन् । दाहालले भने, ‘शेरा दरबारको जग्गाबारे कानुन विपरीत  काम भएको छ भने फिर्ता ल्याइयोस्, म सरकारलाई धन्यवाद भन्छु ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७