सूर्यदर्शन सहकारी प्रकरण 

सकियो पहिलो दिनको थुनछेक बहस : इजलासमै रोए बाबु–छोरी


०६:०४ बजे

पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेकाहरुको आज (मंगलबार) पहिलो दिनको थुनछेक बहस सकिएको छ । मंगलबार दिउँसोबाट जिल्ला अदालत कास्कीका न्यायाधिश नीतिज राईको इजलासमा थुनछेक बहस भएको हो ।

पहिलो दिन सरकारी वकिल कार्यालय कास्कीका सहायक न्यायाधीश सुजता पौडेल र शान्तीदेवी शर्माले बहस गरेका छन् । सुजताको बहस सकिएको र शान्तीदेविको बयान बाँकी रहेको श्रेस्तेदार राजन खनालले जानकारी दिएका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसहित पूर्वडिआईजी छविलाल जोशी, लिला पछाईं, आरती गुरुङ, पूर्वसांसद मिना गुरुङ, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङमाथि बहस भएको हो ।

सरकारी वकिल कार्यालयबाट थुनछेक बहस चलिरहँदा मुद्दाका प्रतिवादी कृष्णबहादुर गुरूङ उठेर रोएपछि इजलासमा सन्नाटा छायो । जिल्ला सहायक न्यायाधिक्ता शान्तिदेवी शर्माले सहकारीमा जोडिएका प्रतिवादीहरूको नाम लिने क्रममा कृष्णको पनि नाम आएपछि आँशु झार्दै उनले आफू निर्दाेष रहेको दावी गरे । गुरुङ बिरामी छन् भने उनको अस्पचालमा उपचार भइरहेको छ ।

यस्तै उनकी छोरी तथा पूर्व सांसद मीना समेत बहस चलिरहँदा रोइन् । जसले इजलासको माहोल केहि समय भावुक बन्यो । ८० वर्षीय कृष्णबहादुर अवकास प्राप्त बेलायती सैनिक हुन् भने ६२ वर्षीया मीना गण्डकी प्रदेश सभाकी पूर्व सदस्य हुन् । उनका पति पनि बेलायती पूर्व सैनिक हुन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७