पेरिसडाँडामा माओवादी स्थायी समिति बैठक, पूर्व उपराष्ट्रपति पुन पनि सहभागगी


०२:१९ बजे

काठमाडौं ।  प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक पेरिसडाँडामा बसिरहेको छ । पुस २१ र २२ गते बस्ने केन्द्रीय समितिका एजेण्डा तय गर्न बैठक बसेको हो ।

बैठकमा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन र पूर्वउपाध्यक्ष कृष्णबहादुर महरा पनि सहभागी भएका छन् । पुन राजनीतिमा सक्रिय हुने उद्देश्यसहित माओवादी बैठकमा सहभागी हुन थालेका हुन् । बैठकले आगामी केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । बैठक शनिबारसम्म चल्नेछ ।

बैठकमा पार्टीको पछिल्ला समामयिक राजनीतिक घटनाक्रम, आगामी कार्ययोजना, प्रतिपक्षमा रहेको पार्टीको भूमिकालगायतको विषयमा छलफल हुनेछ । आफू नेतृत्वको सरकार ढलेर प्रतिपक्षमा पुगेको पाँच महिनापछि प्रचण्डले सिंगो केन्द्रीय कमिटीको बैठक फेस गर्दैछन् । केन्द्रीय कमिटीको बैठकअघि प्रचण्डले सबै प्रदेशस्तरीय परामर्श बैठक गरेका थिए । आगामी महाधिवेशनबाट केन्द्रीय कमिटी, पदाधिकारीसहित अन्य कमिटी पनि विधान अनुसार सानो बनाउन ुपर्नेमा नेताहरूको जोड छ ।

आजको बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पेरिसडाँडा पुगेका छन् । यसअघि पदाधिकारी बैठकमा सहभागी हुँदै आएका पुन आज स्थायी कमिटीको बैठकमा पनि सहभागी हुँदैछन् । पुनलाई उपाध्यक्ष बनाएर माओवादीमा सक्रिय गराउने प्रचण्डको तयारी छ । आइतबारबाट बस्ने केन्द्रीय कमिटीको बैठकले पुनलाई जिम्मेवारी दिने तयारी गरेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७