च्यासलमा एमाले सचिवालय बैठक जारी
काठमाडौं । सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक जारी छ । बैठक पार्टी कार्यालय च्यासलमा बसिरहेको छ । आजको सचिवालय बैठकमा केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरिने जनाएको छ । केन्द्रीय कमिटी बैठकको मिति नजिकिँदै गर्दा त्यसका एजेण्डा र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको हो ।
एमालेको केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गतेका लागि बोलाइएको छ । एमालेको यसअघि बसेको सचिवालय बैठकले पूर्व उपाध्यक्ष भीम रावललाई पार्टीबाट निष्काशन गर्नुका साथै स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई निलम्बन गरेको थियो ।