हाइटीमा पत्रकार सम्मेलनमै गोली चल्दा दुई पत्रकार र एक प्रहरीको मृत्यु


२०८१ पौष १० बुधबार १०:१० बजे

काठमाडौं । क्यारेबियन देश हाइटीको प्रमुख सरकारी अस्पताल पुनः खोल्ने घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा गोली चलेको छ । जसमा दुई पत्रकारसहित तीन जनाको मृत्यु भएको छ भने अन्य धेरै जना घाइते भएका छन् ।

सो घटना हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्समा भएको हो । यो सार्वजनिक अस्पताल साउन अघि हिंसात्मक समूहले कब्जा गरेको थियो । प्रहरीका अनुसार दुई पत्रकार र एक प्रहरीको मृत्यु भएको हो । गोली चल्दा पत्रकारहरू स्वास्थ्यमन्त्रीलाई पर्खिरहेका थिए । हाइटी क्यारिबियन सागरस्थित एक देश हो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७