हाइटीको जेलबाट चार हजार कैदी फरार, १२ को मृत्यु, सरकारले लगायो संकटकाल


२०८० फाल्गुण २१ सोमबार १९:२० बजे

काठमाडौं । क्यारेबियन देश हाइटीको सरकारले देशमा ७२ घण्टाको संकटकाल घोषणा गरेको छ । एक सातादेखि जारी हिंसालाई मध्यनजर गर्दै संकटकाल लगाउने निर्णय गरेको त्यहाँको सरकारले जनाएको छ ।

सशस्त्र समूहले पोर्ट–ओ–प्रिन्स जेलमा आक्रमण गरेपछि हाइटी सरकारले आइतबार ७२ घण्टाको आपतकाल घोषणा गरेको हो । जेल ब्रेकमा कम्तिमा १२ जनाको मृत्यु भएको थियो र करिब ३,७०० कैदीहरू भागेका थिए । गिरोहका नेताहरूले विदेश भ्रमण गरेका प्रधानमन्त्री एरियल हेनरीलाई जबरजस्ती राजीनामा चाहेको बताएका छन् । उनलाई हटाउने समूहहरूले पोर्ट ओ प्रिन्सको लगभग ८० प्रतिशत भाग नियन्त्रण गर्छन् । गिरोह हिंसाले हाइटीलाई वर्षौंदेखि ग्रस्त बनाएको छ ।

वास्तवमा गत फ्रेवुअरी २९ मा देशमा रहेका आपराधिक गिरोहका सदस्यले धेरै सरकारी संस्थामा आक्रमण गरेका थिए । उनीहरुले जेलमा आक्रमण गरेपछि लगभग ४ हजार कैदी भागेका थिए । यी हतियारधारीहरूले देशका धेरै ठाउँमा पसल र घरमा आगजनी र तोडफोड गरिरहेका छन् । हिंसामा हालसम्म १२ जनाको मृत्यु भइसकेको छ । हिंसाको कारण प्रधानमन्त्री एरियल हेनरीको विदेश भ्रमण रहेको बताइएको छ । यसबाट असन्तुष्ट अपराधी गिरोहका मानिसहरुले उनको राजीनामाको माग गरिरहेका छन् ।

बीबीसीका अनुसार प्रधानमन्त्री एरियल हेनरीले केन्याको भ्रमण गरेपछि हाइटीमा हिंसा सुरु भएको हो । वास्तवमा केन्याको नेतृत्वमा रहेको बहुराष्ट्रिय सुरक्षा बल हाइटीमा तैनाथ गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री नैरोबी गएका थिए । त्यसपछि हाइटीका सबै आपराधिक गिरोहले एकताबद्ध भएर प्रधानमन्त्रीलाई पदबाट हटाउन हिंसा गर्न थालेका हुन् ।

हाइटी प्रहरीले आपराधिक गिरोहसँग आवद्ध अपराधीलाई पक्राउ गर्न सेनासँग सहयोग मागेको छ । सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘२ मार्चमा दुई वटा कारागारमा आक्रमण भएको थियो । यहाँबाट ४ हजार कैदी भागे । कतिपयलाई प्रहरीले मारेको छ । देशमा जारी हिंसामा हालसम्म १२ सर्वसाधारणको मृत्यु भइसकेको छ । फरार कैदीहरूमा २०२१ मा हाइटीका राष्ट्रपति जोभेनेल मोइसको हत्या गर्ने कैदी पनि समावेश रहेको जनाइएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७