हाइटीको सिटाडेल लाफेरियरमा भागदौड, ३० जनाको मृत्यु


२०८२ चैत २९ आइतबार १५:०४ बजे

काठमाडौँ : हाइटीको ऐतिहासिक पर्यटकीय स्थल सिटाडेल लाफेरियरमा भएको भीडभाडपछि उत्पन्न भागदौडमा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।

स्थानीय मिडियाका अनुसार घटनापछि सरकारले दुःख व्यक्त गर्दै अनुसन्धान अघि बढाएको छ।

सरकारी अधिकारीहरूले फेसबुकमार्फत जारी विज्ञप्तिमा यो घटना शनिबार मिलोटस्थित युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत १९औँ शताब्दीको किल्लामा ‘पर्यटकीय गतिविधि’ का क्रममा भएको जनाएका छन् । उक्त कार्यक्रममा धेरै युवाहरू सहभागी रहेका बेला भीड अचानक नियन्त्रणबाहिर गएको बताइएको छ।

हाइटीको उत्तरी नागरिक सुरक्षा विभागका प्रमुख जिन हेनरी पेटिटले प्रारम्भिक रूपमा कम्तीमा ३० जनाको मृत्यु पुष्टि भएको जनाएका छन्। उनका अनुसार अझै केही व्यक्ति हराइरहेकाले मृतक संख्या बढ्न सक्ने आशंका गरिएको छ।

घटनामा घाइते भएकाहरूलाई नजिकका अस्पतालहरूमा भर्ना गरिएको छ। यद्यपि घाइतेको यकिन संख्या सार्वजनिक गरिएको छैन।

प्रारम्भिक विवरणअनुसार प्रवेशद्वारमा अत्यधिक भीड जम्मा भएपछि किल्लाबाट बाहिरिने र प्रवेश गर्ने समूहबीच ठेलमठेल हुँदा स्थिति नियन्त्रणबाहिर गएको र त्यसपछि भागदौड मच्चिएको हो।

सरकारले घटनाको छानबिन जारी रहेको बताउँदै सबै सम्बन्धित निकायलाई परिचालन गरिएको जनाएको छ। पीडितलाई आवश्यक सहयोग, उपचार र राहत प्रदान गर्न उच्च सतर्कता अपनाइएको पनि उल्लेख गरिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७