हिंसा बढेपछि हाइटीबाट राष्ट्र संघका कूटनीतिज्ञ फिर्ता
काठमाडौं । क्यारेबियन देश हाइटीमा हिंसा बढेपछि संयुक्त राष्ट्रसंघले त्यहाँ कार्यरत आफ्ना सबै कुटनीतिज्ञलाई फिर्ता बोलाएको छ । सन् २०२० देखि गृहयुद्धको चपेटामा परेको हाइटीका प्रधानमन्त्री समेत देश फर्किन सकेका छैनन् ।
हाइटीमा सन् २०१० मा भूकम्प जाँदाको अवस्थामा जस्तै मानबीय संकट बढेको बीबीसीले जनाएको छ । हिंसाका कारण अहिलेसम्म हजारौँको मृत्यु भएको छ । पछिल्लो समय विद्रोही समूहले प्रधानमन्त्री एरियल हेनरीले पद त्याग गर्नु पर्ने माग राख्दै आएका छन् । उक्त समूहले अहिलेसम्म अन्तर्राष्ट्रिय विमानस्थलसहित राजधानीकै ८० प्रतिशत बढी भूभागमा कब्जा जमाएको दाबी गरेको छ ।
हिंसामा मृत्यु हुनेको संख्या यकिन नभए पनि अस्पतालमा शव यत्रतत्र छरिएको अवस्थामा रहेको पनि बीबीसीले जनाएको छ ।हिंसाका कारण हाइटीबाट तीन लाख ६२ हजार मानिस विस्थापित भएका छन् । हतियारधारी समूहले राजधानीका पसल र घरहरूमा तोडफोड गरेपछि ७२ घण्टाका लागि आपत्कालीन अवस्था लागू गरिएको छ ।
.gif)

.png)

