नागरिक लगानी कोष र आइएमईबीच शेयर प्रत्याभूति सम्झौता


२०८१ पौष २ मंगलबार २०:०० बजे

काठमाडौं । नागरिक लगानी कोष र आइएमई लिमिटेडबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता भएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र आइएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले उक्त सम्झौतामा हस्ताक्षर गरे ।

आइएमईले प्रतिशेयर रु एक सयका दरले १२ लाख ५० हजार छ सय ६७ कित्ताबापतको रु १२ करोड ५० लाख ६६ हजार सात सय बराबरको शेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो । सम्झौताको अवधि छ महिनासम्म रहने कोषले जनाएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७