टीआरसी आयोगमा पदाधिकारी सिफारिस गर्न समिति असफल
काठमाडौं । सत्य निरूपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी सिफारिस समिति नै बिघटन भएको छ । दुबै आयोगमा पदाधिकारी सिफारिस गर्न गठित सिफारिस समिति नै बिघटन भएको छ । समितिले आइतबार र सोमबार पदाधिकारी सिफारिस गर्न प्रयास गरे पनि सदस्यहरूबिच सहमति नहुँदा कमिटी नै विघटन भएको प्रवक्ता खम्मबहादुर खातीले जानकारी दिएका छन् ।
अब मन्त्रिपरिषद्ले नयाँ सिफारिस समिति बनाउनु पर्नेछ । नयाँ कमिटीले फेरि आवेदन आह्वान गरेर नियुक्ति प्रक्रिया अगाडि बढाउनु पर्नेछ । २ कात्तिकमा गठित अहिलेको समितिले ऐनअनुसार सोमबारसम्म पदाधिकारी सिफारिस गरिसक्नुपर्थ्याे । दुबै आयोगको पदाधिकारीका लागि समितिमा १५८ जनाको आवेदन परेकोमा ४० जना सर्ट लिस्टमा परेका थिए । जसमा दुबै आयोगको दुई अध्यक्षका लागि आठ र आठ सदस्यका लागि ३२ जना सर्ट लिस्टमा थिए ।
सर्ट लिस्टमा परेका व्यक्तिबाट सर्वाेच्च अदालतका पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको सिफारिस समितिले निर्धारित ६० दिनभित्रको समय सीमाभित्र पदाधिकारी चयन गर्न नसकेको हो । २०७९ साउनदेखि संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोग पदाधिकारीविहीन छ । आयोगमा नियुक्तिका लागि ओमप्रकाश मिश्र संयोजकत्वको सिफारिस समितिले २३ कात्तिकमा सार्वजनिक सूचना जारी गरी आवेदन माग गरेको थियो । त्यतिबेला आवेदन दिने म्याद ७ दिनको भए पनि पछि ५ दिन थपिएको थियो । आवेदन दिने म्याद मंसिर ४ गते अपराह्न ५ बजे सकिएको थियो ।
यो अवधिमा आवेदन र सिफारिससहित १५६ जनाको नाम समितिमा प्राप्त भएको थियो । ८९ आवेदन व्यक्ति आफैं उपस्थित भएर, २० आवेदन अनलाइनमार्फत् परेका थिए भने ४७ जनाको नाम संघसंस्थामार्फत् सुझावको रूपमा प्राप्त भएका थिए । संघसंस्थाबाट परेका ४७ आवेदनमा पनि सम्बन्धित व्यक्तिको सहमतिसहित २० र सहमति नलिई २७ आवेदन परेका थिए । तीमध्येबाट ४० जनाको सर्ट लिस्ट सर्च कमिटीले गत मंसिर २२ गते सार्वजनिक गरेको थियो ।
.jpg)
.gif)

.png)

