कागेश्वरीमा एक महिलाले लगाइन् आफ्नै शरीरमा आगो
काठमाडौँ । काठमाडौंको कागेश्वरी मनोहरा–८ मा एक महिलाले आफ्नै शरीरमा आगो लगाएकी छिन् । आज (शनिबार) दिउँसो १२ बजे कागेश्वरीको बागमती करिडोर किरात चोकमा आएर महिलाले आगो लगाएको काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिए ।
एसपी अधिकारीका अनुसार उनी बा ३५ प ५८१८ नम्बरको स्कुटीमा चढेर आएकी थिइन् । उनका अनुसार आगोले महिला घाइते भएकी छिन् । घाइते उनलाई प्रहरीको टोलीले उद्धार गरेर साखुमा रहेको सुस्मा कोइराला मेमोरियल हस्पिटलमा पुर्याएको छ । घटनाबारे विस्तृत जानकारी आइसकेको छैन ।