नेपाल प्रहरीका दुई एआईजी अवकाश


२०८१ मङ्सिर २७ बिहीबार १६:४२ बजे

काठमाडौं । नेपाल प्रहरीका दुई अतिरिक्त महानिरीक्षक (एआईजी) अवकाशमा गएका छन् ।  एआईजी भीमप्रसाद ढकाल र केदार ढकाल अवकाश भएका हुन् । केदार मंसिर २२ गते र भीमप्रसाद बिहीबार अनिवार्य अवकाश भएका छन् ।  उनीहरुको अवकाशसँगै एआइजी पद रिक्त भएको छ ।

एआईजीमा बढुवा भएको एक महिना पनि नहुँदै केदार ढकाल अवकाश भएका थिए । त्यसको केही दिनमा भीमप्रसाद ढकाल पनि अवकाश भएका हुन् । मंसिर ६ गते एआईजी बढुवा भएका केदार ढकाल प्रदेश समन्वय विभागमा कार्यरत थिए । भिमप्रसाद ढकाल मानव स्रोत विकास विभागका कार्यरत थिए ।

उनीहरु दुवै जना उमेर हदका कारण अवकाश भएका हुन् । एआईजीको ५६ वर्षे उमेर हदका कारण प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरकै ब्याची केदार र एआईजी दीपक थापाका ब्याची ढकाल अवकास भएका हुन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७