विराटनगरमा पालिका भेला गरेपछि शेखरले भने–यहाँ आएँ भनि नडराउनु, म संरक्षण गर्छु


१५:४४ बजे
फाइल फोटो

मोरङ । सत्तारुढ नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस र एमालेको गठबन्धनबाट बनेको सरकारलाई असफल हुने छुट नभएको बताएका छन् ।  आज (मंगलबार) मोरङको विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय पालिका सभापतिको भेलालाई सम्बोधन गर्दै डा. कोइरालाले दुई ठूला पार्टीको गठबन्धनबाट बनेको सरकारलाई असफल हुने छुट नभएको बताएका हुन् ।

डा. कोइरालाले संविधानमा नमिलेका विषय मिलाउने, मुलुकमा सुशासन कायम गर्ने र जनतालाई आशा जगाउने गरी आर्थिक समृद्धि हासिल गर्ने उद्देश्य राखेर वर्तमान गठबन्धनको सरकार बनेको बताए । डा. कोइरालाले जे उद्देश्य राखेर सरकार गठन गरिएको हो त्यो उद्देश्य प्राप्तिका लागि सरकारले काम गरिरहेको बताए ।

डा. कोइरालाले सरकार बनेको ४ महिनामा संविधान संशोधनको विषयमा कांग्रेस र एमालेबिचमा छलफल समेत सुरु नभएको बताए । ‘सरकार बनेको चार महिना बितिसके पनि अहिलेसम्म संविधान संशोधनका विषयमा सत्तारुढ दलहरूकै बीच छलफल सुरू भएको छैन’ कोइरालाले भने, ‘संविधान संशोधन जस्तो संवेदनशील विषयमा दुई दलबीच मात्रै नभई अन्य दलहरूसँग समेत छलफल गरेर सहमति कायम गर्नु आवश्यक हुन्छ । तर, अहिलेसम्म संविधान संशोधनको विषय अघि नबढ्नुले दुई दलबिचको सहमति कार्यान्वयनमा  आशंका उत्पन्न गरेको छ ।’

डा. कोइरालाले कोशी प्रदेश स्तरीय सभापतिहरूको प्रशिक्षणमा प्रदेशका १३७ पालिकामध्ये ११३ पालिकाका सभापति उपस्थित रहेकाले प्रशिक्षणमा सिकेका विषय पालिकामा कार्यान्वयन गर्न र गाउँ तहसम्म पुर्‍याउन आग्रह गरे ।कोइरालाले साना तिना विषयमा कांग्रेस बरालिन नहुने बताएका छन् । उनले क्रियाशील सदस्य नवीकरण नभइरहेको अवस्थामा निर्धारित समयमै महाअधिवेशन हुनेमा आशंका गरे ।

कोइरालाले समयमै महाअधिवेशन गराउन सबै तहबाट पहल आवश्यक रहेको बताए । डा. कोइरालाले भेलामा उपस्थित हुँदा कुनै समस्या आइपर्ला भन्ने नसोच्न सहभागी सभापतिहरूलाई आग्रह गरे । उनले भने, ‘भेलामा सहभागी हुँदा कुनै समस्या आइपर्ला भन्ने नसोची निर्धक्क भएर घर फर्किन आग्रह गर्दछु । तपाईहरूको संरक्षण म गर्दछु ।’ पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले कटुता र तिक्तताले पार्टी बलियो नहुने बताएका छन् ।

उनले लोकतन्त्रमा पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा हुने भएकाले प्रतिस्पर्धा रोक्ने काम गर्न नहुने धारणा राखे । उनले पार्टीभित्र कटुता र विभाजनको सन्देश दिन खोज्नेहरू होशियार हुन चेतावनी पनि दिए । कांग्रेस नेता गुरुराज घिमिरेले कांग्रेसको विधानको हबला दिएर पार्टीका पालिका स्तरीय समितिहरूले गरेको कार्यक्रमलाई अवरोध गर्न खोज्नु दुर्भाग्य भएको बताए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७