कीर्तिपुरमा अब एउटा वडाको मात्र मत गणना बाँकी, अहिलेसम्म कसले कति ल्याए ?


१४:१३ बजे

काठमाडौं । कीर्तिपुर नगरपालिकाको मत गणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार १० मध्ये ९ वटा वडाको गणना सकिएको छ । अहिले वडा नम्बर १० को गणना जारी छ ।

कांग्रेसका कृष्णमान डंगोलको अग्रता निरन्तर छ । डंगोलले ५ हजार ६९ मत पाएका छन् । दोस्रोका लागि एमाले र माओवादीबीच तीब्र प्रतिष्पर्धा छ । वडा नं १० को मतगणना भइरहँदा माओवादीका शिवशरण महर्जनले ४ हजार ११९ मत पाएर एमालेलाई उछिनेका छन् । एमालेका उम्मेदवार सुरेन्द्र मानन्धरको मत ३ हजार ९९७ मत छ ।

माओवादीले पाएको यो मत अघिल्लो चुनावको भन्दा बढी हो । २०७९ को चुनावमा कीर्तिपुरको प्रमुखमा जम्मा ४ हजार ९५ मत मात्र पाएको थियो । अब १ हजार ३ सय हाराहारी मत गन्न बाँकी छ । कीर्तिपुरलाई ठूला दलहरुले प्रतिष्ठासँग जोडेर हेरेको देखिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७