दुई सचिवसहित २८८ शाखा अधिकृतको सरुवा (सूचीसहित)


२०८१ मङ्सिर १४ शुक्रबार ११:५१ बजे

काठमाडौँ । न्याय, कानुन र सरकारी वकिलतर्फ ठूलो संख्यामा कर्मचारीहरूको नियुक्ति, सरुवा तथा पदस्थापन  भएको छ । न्याय सेवा आयोगले शुक्रवार (आज) राजपत्राङ्कित विशिष्ट श्रेणी (सचिव)देखि राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) सम्मका कर्मचारीहरूको सरुवा, नियुक्ति र पदस्थापन गरेको हो । आयोगले सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव आलोकचन्द्र श्रेष्ठलाई नेपाल कानुन आयोगमा सरुवा गरेको छ भने कानुन आयोगका पाराश्वर ढुंगानालाई सत्य निरूपण तथा मेलमिलाप आयोगमा पठाएको छ । 

यस्तै सहसचिवतर्फ उच्च अदालतमा दरबन्दी रही सर्वोच्च अदालतमा काजमा रहेका रजिस्ट्रार मानबहादुर कार्कीलाई सर्वोच्च अदालतको सहसजिस्ट्रारमा, उच्च अदालत तुलसीपुरमा दरबन्दी रही उच्च अदालत पोखरामा काजमा रहेका रजिस्ट्रार खड्गराज अधिकारीलाई उच्च अदालत पोखराको रजिस्ट्रारमा र उच्च अदालत पोखरामा दरबन्दी रही सर्वोच्च अदालतमा काजमा रहेका अच्युत कुँईकेललाई सर्वोच्च अदालतको सहसजिस्ट्रारमा सरुवा गरिएको छ । 

त्यस्तै प्रशासकीय अदालतका रजिस्ट्रार गजेन्द्रबहादुर सिंहलाई फैसला कार्यान्वयन निर्देशनालयको महानिर्देशक, उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासका रजिस्ट्रार रामप्रसाद भट्टराईलाई प्रशासकीय अदालतको रजिस्ट्रार, सर्वोच्च अदालतका सहसजिस्ट्रार श्रीलाल पौडेललाई उच्च अदालत पाटनको रजिस्ट्रार र फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक सूर्यवंश शर्मा कँडेललाई उच्च अदालत तुलसीपुरको रजिस्ट्रारमा सरुवा भएको छ । 
हेर्नुस् सूची
 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७