दुर्गा प्रसाई क्यान्सर अस्पताल भर्ना


२०८१ मङ्सिर १३ बिहीबार २२:३२ बजे

काठमाडौँ । साइबर अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई अस्पतालमा भर्ना गरिएको छ । उनलाई ललितपुरको हरिसिद्धीस्थित नेपाल क्यान्सर हस्पिटलमा भर्ना गरिएको साइबर ब्यूरोका एक अधिकृतले जानकारी दिए । नेपाल प्रहरीको साइबर ब्यूरोले बिहीबार उनलाई चेकजाँचको लागि क्यान्सर अस्पताल लगेको हो ।

अस्पतालले भर्नै गर्नुपर्ने बताएपछि बिहीबार साँझ बेड भर्ना गरिएको साइबर ब्यूरोका प्रमुख डीआईजी नविन्द अर्यालले जानकारी दिए । यसअघि प्रहरीले उनलाई वीर अस्पताल लगेर चेकजाँच गरेको थियो । प्रसाईंले पटक–पटक अस्पताल बस्न खोज्दा पनि चिकित्सकले नै बेड भर्ना हुन नपर्ने भनेपछि उनलाई हिरासतमै फर्काइएको थियो ।

यसअघि जिल्ला अदालत काठमाडौँमा म्याद थपका लागि लैजाँदा पनि उनले आफू क्यान्सरको बिरामी रहेको र उपचारका लागि अस्पताल नै बस्नु पर्ने बताएका थिए । न्यायाधीशले म्याद थप गर्दै उनको स्वास्थ्योपचारमा ख्याल गर्न प्रहरीलाई निर्देशन दिएका थिए । 

बुधबार सर्वोच्च अदालतमा बन्दी प्रत्येक्षीकरणको निवेदनमा सुनुवाइ गर्दै क्यान्सरको बिरामी रहेकाले सोही अनुसारको उपचारको व्यवस्था गर्न निर्देशनात्मक आदेश नै दिएपछि बिहीबार भने क्यान्सर अस्पताल नै लगिएको हो । प्रसाईंले प्रधाननमन्त्री केपी ओलीको नाममा कम्बोडियामा लगानी रहेको भन्दै अभिव्यक्ति सार्वजनिक गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । उनीमाथि विद्युतीय अपराधमा अनुसन्धान भइरहेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७