उखुको समर्थन मूल्य निर्धारण : प्रतिक्विन्टल २० रुपैयाँ बढ्यो


२०८१ मङ्सिर १३ बिहीबार २२:३४ बजे

काठमाडौं । सरकारले उखुको समर्थन मूल्य झण्डै २० रुपैयाँ बढाएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उद्योगी (उखु मिल) ले किसानहरूलाई उपलब्ध गराउने रकममा प्रतिक्विन्टल २० रुपैयाँले वृद्धि गरेको हो । जसअनुसार अब किसानले प्रतिक्विन्टल झन्डै ५८५ रुपैयाँ उखु मिलबाट पाउने छन् । 

सरकारले उखु किसानलाई अनुदान बापत दिने रकमको भने निर्णय गर्न बाँकी छ । कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले उखु किसानलाई अनुदान बापत दिने रकम वृद्धि गर्नुपर्ने प्रस्ताव गरेका छन् । तर, मुलुकको आर्थिक अवस्थालाई समेत ख्याल गरेर अनुदान बापत दिने रकमपछि निर्धारण गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको हो । सरकारले यसअघि प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिएको थियो । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७