पक्राउ परेका मनाङेलाई सीआइबीको कार्यालयमा लगियो


२०८१ कार्तिक २७ मंगलबार ०४:०७ बजे

काठमाडौं । काठमाडौं स्वयम्भूबाट पक्राउ परेका गण्डकीका प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) लाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को कार्यालय पुर्‍याइएको छ । प्रहरीले उनलाई स्वयम्भूस्थित एक घरबाट पक्राउ गरेको हो । 

उनलाई केही समयमा अदालतमा उपस्थित गराइने सीआइबीका एसपी होबिन्द्र बोगटीले जानकारी दिएका छन् । उनी आजै जेल चलान हुने बताइएको छ । गत २० कात्तिकमा सर्वोच्च अदाललतले उनलाई दोषी ठहर गरी पाँच वर्ष कैद सजाय सुनाएको थियो । त्यसलगत्तै फरार भएका मनाङे एक सातापछि पक्राउ परेका हुन् । सो मुद्दामा उनी यसअघि करिब साढे दुई वर्ष जेल बसिसकेका थिए । बाँकी अवधि उनी जेलमा बस्नुपर्ने हुन्छ।

०६१ सालमा अर्का गुण्डानाइके चक्रे मिलनको हात छिनाएको घटनामा सर्वोच्चले फैसला सुनाउँदै उनलाई दोषी ठहर गरेको हो । उच्च अदालतले गरेको पाँच वर्ष कैदको सजायलाई सर्वोच्चले सदर गरेको हो । गुन्डागर्दी पृष्ठभूमिका उनी मनाङ (२) बाट निर्विरोध निर्वाचित भई ६ पटक गण्डकी प्रदेशमा मन्त्री भएका थिए।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७